PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित



पहिलोपोस्ट

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

कैलाली : बाजुरामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्।

पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। प्रतिनिधि सभातर्फ ६० हजार १ सय मत खसेको बाजुरामा पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरे।

बाजुराको प्रदेश सभा १ मा नेकपा (एकीकृत समाजवादीका) नरेशकुमार शाही र २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell