PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

‘सकर’ टिमलाई शुभकामना दिएका बाइडेनलाई नेदरल्यान्ड्सका प्रधानमन्त्रीको ठट्टा : सरी जो, फुटबलले जित्यो



पहिलोपोस्ट

‘सकर’ टिमलाई शुभकामना दिएका बाइडेनलाई नेदरल्यान्ड्सका प्रधानमन्त्रीको ठट्टा : सरी जो, फुटबलले जित्यो

शनिवार राति अमेरिका र नेदरल्यान्ड्सको खेल हुनुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको फुटबल टोलीलाई शुभकामना दिँदै ट्वीट गरे।

उनले ट्वीट गरेको भिडियो अमेरिका राष्ट्रिय फुटबल टोलीका कप्तान टेलर एडम्सले कतारबाट फुटबललाई ‘किक’ हाने। अर्को दृश्यमा सो बल ह्वाइट हाउसमा पुगेको देखाइयो र त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले फुटबल समाए। र, बललाई हातमा समाउँदै बाइडेनले भने : इट्स कल्ड सकर, गो युएसए।

विश्वभर फुटबलको महाउत्सवको रौनक छाएको बेला बाइडेनले आफ्नो सकर टिमलाई बधाई दिए। अमेरिकामा फुटबललाई ‘सकर’ भनिन्छ। बाइडेनको ट्वीटपछि धेरैले मिम बनाए, जसमा विश्वभर फुटबल भनिने खेललाई अमेरिकामा मात्रै सकर भनिन्छ भनेर व्यङ्ग्य गरियो।

शनिवार भएको खेलमा अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स् विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्‍यो। नकआउट चरणको पहिलो खेलमा अमेरिकामाथि ३-१ गोलअन्तरले विजयी हुँदै नेदरल्यान्ड्स् अन्तिम आठमा स्थान बनाउन सफल भयो।

त्यसपछि बाइडेनको ट्वीटलाई नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले रिट्वीट गरे। जसमा उनले फुटबलले जितेको भन्दै ठट्टा गरे।

उनले लेखे, ‘सरी जो, फुटबलले जित्यो।’

अहिले यी दुई कार्यकारी प्रमुखबिचको ठट्टा शैलीबारे सामाजिक संजालमा चर्चा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell