PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

सलमानको फिल्म 'किसीका भाइ किसीका जान' को छायाङ्कन सकियो



पहिलोपोस्ट

सलमानको फिल्म 'किसीका भाइ किसीका जान' को छायाङ्कन सकियो

सलमान खानको फिल्म ‘किसीका भाइ किसीका जान’ को छायाङ्कन सकिएको छ। सलमानले फोटो राख्दै सुटिङ सकिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

फोटोमा सलमान कालो रंगको पहिरन र चश्मामा  देखिएका छन्।

यो खबरसँगै सलमानका फ्यानहरु निकै उत्साहित भएका छन्। उनका फ्यानहरुले 'भाइको लुक सबैभन्दा अलग' भन्दै सलमानलाई बलिउडको वास्तविक किंङ भन्दै प्रतिक्रिया समेत दिएका छन्।

सलमानको प्रोड्क्सनमा बनेको फिल्मलाई फरहाद शामजीले निर्देशन गरेका हुन्। यस फिल्ममा सलमानका पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ। सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गर्नेछन्। यो फिल्म सन् २०२३ को ईदमा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell