PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय



पहिलोपोस्ट

नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय
फाइल फोटो।

काठमाडौं : नोभेम्बरमा हवाई यातायातमार्फत नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाटै भित्रिएका छन्। दक्षिण एसियाली मुलुकहरुबाट मात्रै  ३४ प्रतिशत विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ।

बोर्डका अनुसार नोभेम्बरमा विदेशी पर्यटकको आवागमन ५६ प्रतिशत कायम भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै विदेशी पर्यटक आवगमन दर सामान्य अवस्थामा पुगेको बोर्डले जनाएको छ।

बोर्डले तयार पारेको विवरण अनुसार यो वर्ष नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटकको आवगमन भएको छ। यसअघि, सन् २०१९ मा एक लाख ३० हजार तीनसय दुई जना पर्यटकको आवगमन भएको थियो।

यो वर्षमा ११ महिनाको अवधि (जनवरीदेखि नोभेम्बर)मा पाँच लाख ४६ हजार दुई सय १६ जना विदेशी पर्यटक भ्रमणका लागि आएको बोर्डले तयार पारेको विवरणमा उल्लेख गरिएको छ।

बोर्डका अनुसार नोभेम्बरमा विश्वका विभिन्न क्षेत्रमध्ये दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको आवगमन उल्लेख्य  छ। कुल पर्यटकमध्ये यो क्षेत्रमा रहेका विभिन्न मुलुकबाट मात्रै ३४ प्रतिशत पर्यटक आएका छन्। यी मध्ये भारतबाट मात्रै २० हजार पाँच सय २५ पर्यटक भित्रिएका छन्।

यो महिना एसिया, युरोप, ओसियाना, अमेरिका, मध्यपूर्वलगायत अन्य क्षेत्रबाट क्रमश साढे नौ हजार, १७ हजार, साढे तीन हजार, सात हजार आठ सय,‍ पर्यटक भित्रिएको बोर्डले जनाएको छ।

कोभिड संक्रमण अवस्थाको तुलनामा विदेशी पर्यटकको आवागमन कमै रहेपनि मुलुकको पर्यटन उद्योगले क्रमिक रुपमा गति लिन सुरु गरेको व्यवसायीले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell