PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

अभिनेत्री स्वेता खड्काले खोलिन् अनलाइन सपिङ प्लेटफर्म



पहिलोपोस्ट

अभिनेत्री स्वेता खड्काले खोलिन् अनलाइन सपिङ प्लेटफर्म
फोटो : स्वेता खड्का/फेसबुक

काठमाडौं : अभिनेत्री स्वेता खड्काले अनलाइन व्यवसायमा हात हालेकी छिन्। एक महिनाअघि आमा बनेकी स्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी हुन्।

काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै उनले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन्। अल्टिमोडलले ब्रान्डेड र अर्गानिक सामानलाई मात्र प्राथमिकता दिने बताइएको छ।

अहिले अल्टिमोडलमा ३ सयभन्दा बढी ब्रान्डका सामान राखिएका छन्। ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने सामान अर्डर गर्न सक्नेछन्।

कृषि उत्पादन बजारीकरण गर्ने उद्देश्यसहित किसानका उत्पादनलाई अनलाइनमार्फत बिक्री गर्ने सोच कम्पनीको छ। बुटवल, पोखरा, धनगढी, नेपालगन्ज र विराटनगरमा त्यहाँका स्थानीय प्रतिनिधि राखेर त्यहाँ उत्पादित सामग्री लिने तयारी रहेको स्वेताको भनाइ छ।

अभिनेत्री तथा निर्माता स्वेताले यसअघि हिमालयन जाभा, विभिन्न रेस्टुरेन्ट, कृषि फार्मसहितका व्यवसायमा समेत लगानी गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell