काठमाडौं : बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवता’ थिममा बृहत कला प्रदर्शनी भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका देवदेवीका मूर्ति र परम्परा झल्कने तस्विरसँगै प्रदर्शनीमा विभिन्न लोक र परम्परागत कलाहरु राखिएका छन्।
पृथ्वीको उत्पत्तिदेखि ब्रह्मा, विष्णु, महेश्वरको रुपसम्मलाई चित्रकलाको माध्यमबाट कलाकारहरुले पेस गरेका छन्। प्रदर्शनीमा नेवार समुदायमा प्रचलित जात्रा पर्व र पौभा कलाका सामाग्रीहरु पनि राखिएका छन्।
यो प्रदर्शनी यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।