PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

अन्तर्घातीको लिस्ट पुस १५ भित्र पठाउन कांग्रेसको निर्देशन



पहिलोपोस्ट

अन्तर्घातीको लिस्ट पुस १५ भित्र पठाउन कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेहरुको सूची पठाउन निर्देशन दिएको छ। कांग्रेसले आइतवार एक विज्ञप्ति जारी गर्दै जिल्ला एवं प्रदेश अनुशासन समितिलाई यस्तो निर्देशन दिएको हो।

जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल गठन गरेर निर्णय सहित पुस १५ गते भित्र पठाउन भनेको छ।

‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell