PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल नभएको माओवादी केन्द्रको दाबी



पहिलोपोस्ट

एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल नभएको माओवादी केन्द्रको दाबी
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनको विकल्प खोज्ने बेला नभएको बताएको छ। माओवादी केन्द्रको आइतवारको पदाधिकारी बैठकले गठबन्धनमै चुनावी समीक्षा गर्नुपर्ने भन्दै विकल्प खोज्ने बेला नभएको बताएको हो।

माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनमा पहिला चुनावी समीक्षा हुने बताए।

‘सरकार गठनका बारेमा विषय प्रवेश भएको छैन। गठबन्धनका घटकका बिचमा कुराकानी हुने नै भयो। गठबन्धनमै रहेर सोच्ने कुरा स्वभाविक भयो,’ गुरुङले भने।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले शनिवारको पदाधिकारी बैठकपछि नेकपा (एमाले)सँग मिलेर सरकार गठनको विकल्प खुला भएको बताएका थिए। तर, गुरुङले आइतवार सरकार गठनको विषय पार्टीमा प्रवेश नै नभएको दाबी गरे। उनले गठबन्धनमा असहमति पैदा नभएकाले विकल्प नखोजिएको तर्क गरेका छन्।

महराले प्रसंगवस् मात्रै सरकार गठनका बारेमा एमालेसँग सहकार्य हुनसक्ने अभिव्यक्ति दिएको गुरुङको भनाइ थियो।

‘सरकार गठनबारे एमालेसँग मिलेर सरकार बनाउने कुनै कुराकानी भएको छैन। कुन प्रसंगमा भयो थाहा भएन,’ उनले भने।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिममा पुगेसँगै दलहरुले नयाँ सरकार गठनका बारेमा पनि छलफल अघि बढाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell