PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

दोलखामा २८ वर्षपछि वामपन्थी किल्ला तोड्दै कांग्रेसको जित, प्रदेश सभामा काफ्ले विजयी



पहिलोपोस्ट

दोलखामा २८ वर्षपछि वामपन्थी किल्ला तोड्दै कांग्रेसको जित, प्रदेश सभामा काफ्ले विजयी

काठमाडौंः दोलखाको प्रदेश सभा १(१) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले विजयी भएका छन्। नेकपा (एमाले) का जिल्ला अध्यक्ष समेत रहेका नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै काफ्‍ले विजयी भएका हुन्। उनले २३ हजार ३५६ मत पाएका छन्। श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे।

२०५१ को मध्यावधि निर्वाचनपछि कांग्रेसले उक्त क्षेत्रमा जित हासिल गर्न सकेको थिए। कांग्रेसका भीमबहादुर तामाङले मध्यावधि जितेपछि पहिलोपटक कांग्रेस उम्मेदवार उक्त क्षेत्रमा विजयी भएको हो। २८ वर्षपछि कांग्रेसले वामपन्थी किल्ला तोडेको हो।

मध्यावधि पछि पनि उक्त क्षेत्रमा वामपन्थी दल नै विजयी हुँदै आएका छन्। संविधान सभा सदस्य निर्वाचन २०६४ मा दोलखाका दुबै क्षेत्र माओवादीले जितेको थियो। २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा दुबै क्षेत्रमा एमालेले जित हासिल गरेको थियो।

संघीय संरचनामा पहिलो पटक भएको निर्वाचनमा वाम गठबन्धनले जित हासिल गरेको थियो। प्रतिनिधि सभामा एमालेका पार्वत गुरुङ विजयी हुँदा प्रदेशमा एमालेकै पशुपति चौलागाईं र माओवादी केन्द्रका विशाल खड्का निर्वाचित भएका थिए।

तर योपटक वाम किल्ला तोड्दै काफ्ले निर्वाचित भएका हुन्।

२०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका काफ्ले २०५७ मा स्ववियु सचिव बनेका थिए। २०६० मा  पशुपति क्याम्पसको स्ववियु सभापति भएका थिए।

२०६१ सालमा  नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित उनी केन्द्रीय कोषाध्यक्ष हुँदै २०७३ मा महामन्त्री चयन भएका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell