PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



पहिलोपोस्ट

चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
फाइल फोटो।

काठमाडौं : सत्ता गठबन्धनको बैठक सोमवार बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो।

चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए। शनिवार र आइतवार माओवादी केन्द्रको पदाधिकारीको बैठक बसेको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चा छन्। लोसपाले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गरेको थियो।

मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले ५७, माओवादी केन्द्रले १७, एकीकृत समाजवदीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell