PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमालेका बालकृष्ण सिवाकोटीलाई पछि पार्दै दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी



पहिलोपोस्ट

एमालेका बालकृष्ण सिवाकोटीलाई पछि पार्दै दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा (माओवादी केन्द्र)का गंगा कार्की विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीलाई पछि पार्दै उनी निर्वाचित भएका हुन्।

कार्कीले ३६ हजार ७९९ मत पाउँदा शिवाकोटीले ३६ हजार ४८२ मत पाएका छन्।

हाल समानुपातिकको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। फरक बक्समा भएको प्रत्यक्षको मत पनि गणना हुने भन्दै उनले समानुपातिकको बक्समा रहेका प्रत्यक्षको मत जोडिए अन्तिम मतपरिणाममा हेरफेर हुन सक्ने बताए। आधिकारिक अन्तिम नतिजा आउन अझै दुई/तीन दिन लाग्ने उनको भनाइ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell