PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण



पहिलोपोस्ट

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण

इन्डोनेसियाको माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीको 'वार्निङ स्टाटस' उच्च रहेको अधिकारीहरुले बताएका छन्।

ज्वालामुखी विस्फोट भएको क्षेत्रबाट करिब दुई हजार जनालाई स्थान्तरण गरिएको छ। मानिसहरुलाई विस्फोट क्षेत्रबाट करिब ८ किलोमिटर टाढा बस्न भनिएको छ।

ज्वालामुखी विस्फोटबाट ६ वटा गाउँहरु प्रभावित भएका छन्। विस्फोट पछि उक्त क्षेत्र धुँवाले भरिएको भिडियोहरु सामाजिक संजालमा सार्वजिनक भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell