PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इरानमा 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन हुँदै



पहिलोपोस्ट

इरानमा 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन हुँदै
File Photo : AFP / Arab News

इरानले 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन* भइरहेको छ। इरानका महान्यायाधिवक्ता जनरल मोहम्मद जफर मोताजेरीले 'मोरालिटी पुलिस' को व्यवस्थालाई हटाउने कि के गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा यो प्रावधान खारेज गर्ने निर्णय  भइसकेको भन्दै समाचारहरु पनि प्रकाशन भएका छन्। यद्यपि, इरान सरकारबाट आधिकारिक रुपमा यसको पुष्टि हुन भने बाँकी छ। 

इरानमा सेप्टेम्बरदेखि हिजाबको विषयलाई लिएर प्रदर्शन भइरहेको छ। र, मोरालिटी पुलिसको व्यवस्था खारेज गर्ने बहसलाई आन्दोलनको जितका रुपमा अर्थ्याइएको छ।  

तीन दिन कोमामा रहेकी महशा अमिनिको निधन भएपछि इरानमा प्रदर्शन उग्र बनेको थियो। उनलाई इरानको 'मोरालिटी पुलिस'ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले 'डिटेन्सन सेन्टर' पुर्‍याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्।

प्रहरीले अमिनिको टाउकोमा लाठीले प्रहार गरेको र गाडीमा ठोक्काएको संयुक्त राष्ट्रसंघको कार्यवाहक मानवअधिकार कमिस्नर नडा अल नशिफले जनाएकी छिन्। तर, प्रहरीले भने सो दाबी अस्वीकार गरेको थियो। प्रहरीले ह्द्यघातका कारण उनको निधन भएको जनाएको थियो। अमिनिको परिवारले भने उनी स्वास्थ रहेको जनाएको थियो।

उनको मृत्युपछि इरानी महिलाहरुले हिजाब जलाएर प्रदर्शन गरिरहेका छन्। इरानी महिलाको समर्थनमा विश्वभर प्रदर्शन भएका छन्।

*मोरालिटी पुलिस व्यवस्था बारे अध्ययन भइरहेको भन्ने ठाउँमा खारेज भएको भन्दै उल्लेख भएकोमा सच्याइएको छ। इरानी मिडियाहरुले हालसम्म यो व्यवस्था खारेज गर्ने बारेमा कुनै निर्णय नभएको तर व्यवस्थाबारे छलफल भने भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell