PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल : रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान शुद्धोधन गाउँपालिका-२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। 

सो दुर्घटनामा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। दुर्घटनामा परि गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell