
काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनका नेता प्रधानमन्त्री बालुवाटारमा जुटेका हुन्।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। गठबन्धनकै सरकार बनाउने घोषणा सहित दलहरु निर्वाचनमा होमिएका थिए।
गठबन्धन बाहिर रहेका दललाई पनि गठबन्धनमा सहभागी गराउन देउवा लगायतका नेताहरुले पहल गरिरहेका छन्। जनमत पार्टीका अध्यक्ष डा.सिके राउत गठबन्धनमा सहभागी हुनेबारे सकारात्मक रहेको कांग्रेस नेताहरुले बताएका छन्।