PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एकसातापछि सर्‍यो हरर फिल्म 'चि मुसी चि' को रिलिज डेट



पहिलोपोस्ट

एकसातापछि सर्‍यो हरर फिल्म 'चि मुसी चि' को रिलिज डेट

काठमाडौं : फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति सरेको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ रिलिज डेट घोषणा गरेको हो।

यसअघि पौष १५ गते रिलिज हुने भनिएको यो फिल्म अब एक हप्तापछि सरेर पौष २२ गते रिलिज हुनेछ। अब पौष १५ गते आर्यन सिग्देल र उपासना सिंह अभिनित फिल्म ‘डिसेम्बर फ्लस’ प्रदर्शनमा आउनेछ।

दुई राम्रो नेपाली फिल्म एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि 'शोलो' रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रावतर्तीले बताए।

'हामी बलिउड र हलिउड सिनेमासँग भागेर नेपाली सिनेमा एकआपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले चि मुसी चि पौष २२ गते रिलिज गर्न लागेको हौं,' उनले भने।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ।

फिल्मको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले फिल्ममा लगानी गरेका छन्। फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell