PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

किम्फ फेस्टिभलमा ३० देशका ६० फिल्म प्रदर्शन हुने



पहिलोपोस्ट

किम्फ फेस्टिभलमा ३० देशका ६० फिल्म प्रदर्शन हुने

काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २० औं श्रृंखला मंसिर २२ देखि २६ गतेसम्म आयोजना हुँदैछ। काठमाडौंस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने फेस्टिभलमा ३० देशका ६० भन्दा बढी फिल्महरू प्रदर्शन हुनेछन्।

किम्फको उद्घाटनमा फिल्म ‘बाघको बंगारा’ को प्रिमियर हुनेछ। यस फिल्मलाई टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’की संचालिका विद्या चापागाईंले निर्माण गरेकी हुन्। फिल्मले कर्णाली प्रदेशस्थित जाजरकोटको मह सिकारीको कथा समेटेको छ।

महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रुपमा सहभागी हुनेछन्। किम्फमा झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ को विशेष प्रदर्शन हुँदैछ।

यसवर्षको संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ। दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू देखाइनेछन्।

महोत्सवको समापन दिनमा पोलियो उन्मूलनका लागि अस्ट्रेलियन अपांग भएका व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ प्रदर्शन हुनेछ।

चलचित्रकर्मी, चलचित्रप्रेमी दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन्। 

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन्। नेपाली अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई एक लाख र पचहत्तर हजार नगद पुरस्कार दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell