PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबिच भेट



रासस

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबिच भेट
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गरेका छन्।

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ। निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुककको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell