PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दलले कति सिट जिते?



पहिलोपोस्ट

प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दलले कति सिट जिते?

काठमाडौं : मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत सातवटै प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएको छ। ३३० निर्वाचन क्षेत्र मध्ये प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।

मधेश प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको हो। एमाले भने प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन्।

सातै, प्रदेशमा कांग्रेसले १११ सिट जितेको छ भने नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले ७/७ तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन्। प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेसले १७, एमालेले २५, माओवादी केन्द्रले ९ र एकीकृत समाजवादीले २ सिट जितेको छ। मधेश प्रदेशको ६४ सिटमा कांग्रेसले १३, एमालेले १५, जसपादे ९, लोसपाले ७, जनमत पार्टीले ६, माओवादी केन्द्र र एकीकृत समाजवादी ४-४ स्थानमा विजयी हासिल गरेका छन्। मधेश प्रदेशसभामा ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

वाग्मती प्रदेशसभाका ६६ सिटमा कांग्रेसले २५ सिटमा जित निकालेको छ। माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक/एक स्थानमा विजयी भएको छ। गण्डकी प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फको ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी ५ र १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी ९/९, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन/तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell