PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनावले मिल्नुपर्ने सन्देश दिएको चार दलको निचोड, फेरि बन्छ त गठबन्धनको सरकार?



पहिलोपोस्ट

चुनावले मिल्नुपर्ने सन्देश दिएको चार दलको निचोड, फेरि बन्छ त गठबन्धनको सरकार?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले फेरि पनि सहकार्य गरेर अघि बढ्ने निचोड निकालेको छ। चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गरेर सहकार्य गर्ने बताएका हुन्।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले मिल्नुपर्ने सन्देश दिएको विज्ञप्तीमा उल्लेख छ। चुनावमा भएका असमझदारीबारेमा गम्भीर समीक्षा हुने पनि गठबन्धनको बैठकले निर्णय गरेको छ। नयाँ सरकार गठन र निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सोमवार बैठक बसेको हो। सत्ता गठबन्धनले निर्वाचनमा चुनावी तालमेल गरेर प्रदेश तथा प्रतिनिधि सभामा होमिएको थियो।

नयाँ सरकार गठनका बारेमा दलहरुभित्र गृहकार्य भइरहेका बेलामा गठबन्धनको बैठक बसेको हो। यसअघि शनिवार र आइतवार माओवादी केन्द्रको पदाधिकारीको बैठक बसेको थियो। गठबन्धन बाहिरका दललाई पनि सहभागी गराएर सरकार गठनका लागि देउवा लगायतका नेताहरुले गृहकार्य गरिरहेको बताइन्छ। गठबन्धन दलकै सरकार गठनका लागि आवश्यक पर्ने बहुमत १३८ पुग्ने देखिन्छ। त्यसमा स्वतन्त्र र अरु केहि साना दल पनि सहभागी हुने तयारी भइरहेका सत्ता गठबन्धन दलका नेताहरुले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell