PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा



पहिलोपोस्ट

दक्षिण कोरियामाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा
Photo: Sorin Furcoi/Al Jazeera

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेडियम ९७४ मा सम्पन्न खेलमा दक्षिण कोरियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

खेलको ७ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको ब्राजिलका लागि दोस्रो गोल १३ औं नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। रिचार्लिसनमाथि फउल भएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो।  खेलको २९ औं मिनेटमा रिचार्लिसनले गोल थपे। त्यस्तै लुकास पक्वेटाले ३६ औं मिनेटमा भिनिसियसको पासमा गोल थप्दा आक्रामक खेल खेलेको ब्राजिल पहिलो हाफमै चार गोलले अघि रह्यो।

दोस्रो हाफमा पाइक सेङ होले दक्षिण कोरियाका लागि गोल फर्काए पनि खेलमा फर्कन पर्याप्त हुन सकेन। खेल अवधि भर कोरियाले केही राम्रा अवसर बनाए पनि ब्राजिली गोलकिपर एलिसनले उत्कृस्ट बचाउ गरेका थिए। कोरियाका लागि सेङले खेलको ७६ औं मिनेटमा सान्त्वना गोलसँगै ४-१ गोलको फराकिलो जित निकालेर ब्राजिलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

क्वाटरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ। गएराति नै सम्पन्न अर्को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell