PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

क्वाटरफाइनल नपुग्दै विश्वकपबाट बाहिरिए एसियाली टोलीहरु



पहिलोपोस्ट

क्वाटरफाइनल नपुग्दै विश्वकपबाट बाहिरिए एसियाली टोलीहरु
REUTERS/Thaier Al-Sudani

फिफा विश्वकप अन्तर्गत राउण्ड अफ १६ का खेलहरु चलिरहँदा सहभागी सबै एसियाली टोलीहरु बाहिरिएका छन्। गएराति सम्पन्न खेलमा जापान र दक्षिण कोरियाले पराजय ब्यहोरेसँगै सबै एसियाली टोली बाहिरिएका हुन्।

प्रतियोगिताको अन्तिम १६ मा तीन एसियाली राष्ट्रले स्थान बनाउन सफल भएका थिए। जसमा दक्षिण कोरिया ब्राजिलसँग ४-१ गोलअन्तरले पराजित हुँदै बाहिरिँदा जापानले क्रोएसियासँग पेनाल्टी सुटआउटमा हार ब्यहोरेको थियो। त्यस्तै एसियाको प्रतिनिधत्व गर्दै खेल्ने अस्ट्रेलियाले अन्तिम १६ कै खेलमा अर्जेन्टिनासँग २-१ गोलको हार ब्यहोरेको थियो।

फिफा विश्वकपमा ६ एसियाली टोलीको सहभागिता थियो। जसमा समूह चरण पार गर्न नसकेता पनि साउदी अरब र इरानले कडा चुनौती प्रस्तुत गर्दै कम्तीमा एउटा जित निकालेका थिए। आयोजक कतार भने समूहका सबै खेलमा पराजय ब्यहोर्दै बाहिरिएको थियो।

विश्वकपमा कमजोर नतिजा निकाल्दै आएको एसिया महादेशको सबै भन्दा उच्च प्रदर्शन २००२ को हो। त्यसबेला आयोजक दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्न सफल भएको थियो। अब सन् २०२६ को विश्वकपमा एसियाली मुलुकले ८ वटा कोटा पाउने छन्। यसमा ९ को पनि सम्भावना रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell