PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आवश्यक पूर्वाधार तयार नहुँदै बुटवलबाट रातारात दाङ सारियो मुख्यमन्त्री कार्यालयका सामान



पहिलोपोस्ट

आवश्यक पूर्वाधार तयार नहुँदै बुटवलबाट रातारात दाङ सारियो मुख्यमन्त्री कार्यालयका सामान

बुटवल : आवश्यक पूर्वाधार तयार नहुँदै लुम्बिनी प्रदेशका मन्त्रालयहरू दाङ सार्न नहुने भन्दै चौतर्फी बिरोध भइरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्‍याइएको छ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको जानकारी दिए। आवश्यक सामान र कार्यालय व्यवस्थापन भएपछि  मुख्यमन्त्री कार्यालय दाङमै सञ्चालन हुने प्रवक्ता शर्माले बताए।

केहिदिन अघि नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसदहरू लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए।

त्यस्तै, नेकपा एमाले रुपन्देही र नेपाली कांग्रेस रूपन्देहीले व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी भौतिक पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय भएपनि अहिले कुनै संरचना नबनाई सार्न लागिएकोमा आपत्ति प्रकट गरेका थिए। साथै, नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो।

सम्बन्धित समाचार : पूर्वाधारबिना लुम्बिनी प्रदेशको राजधानी दाङ नसार्न एमाले र कांग्रेसको आग्रह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell