PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नारायणगढ-मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा चालकको मृत्यु



रासस

नारायणगढ-मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा चालकको मृत्यु
फोटो : रासस

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ। मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए। उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell