PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बलिउड फिल्म ‘तुम्बाड’ सँग साउथ फिल्म 'कान्तरा'को तुलना किन हुँदैछ?



पहिलोपोस्ट

बलिउड फिल्म ‘तुम्बाड’ सँग साउथ फिल्म 'कान्तरा'को तुलना किन हुँदैछ?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। १८ करोड भारतीय रुपैयाँमा बनेको यस फिल्मले ४४६ करोड कमाइसकेको छ।

पछिल्लो समय फिल्म ‘कान्तारा’ विवादित बनेको छ। यस फिल्मलाई सन् २०१८ को बलिउड फिल्म ‘तुम्बाड’सँग तुलना गरिएको छ। कतिपय दर्शकले ‘तुम्बाड’ सँग केही समानता पाएको बताइरहेका छन्। यी दुबै फिल्मको विषय लोककथा आधारित छ।  

यसैबिच, तुम्बाडका क्रिएटिभ डाइरेक्टर आनन्द गान्धीले सामाजिक सञ्जालमार्फत यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले तुम्बाडको तुलनामा कान्तारा केही नभएको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘कान्तारा तुम्बाड जस्तो केही छैन। तुम्बाड बनाउनुको पछाडिको मेरो विचार विषाक्त पुरुषत्व र अलौकिकताको त्रास देखाउने थियो। जबकि कान्ताराले यी कुराहरूलाई बढावा दिन्छ।’

आनन्दको यो प्रतिक्रियासँगै उनको आलोचना भइरहेको छ। साथै दुवै फिल्मका दुई फरक समूहबिच सामाजिक सञ्जालमा चर्को बहस चलिरहेको छ। कान्ताराका फ्यानहरुले कान्ताराले चार सय करोडभन्दा बढी कमाएको र तुम्बाडले आधा पनि गर्न नसकेको भन्दै तुलना गर्न नमिल्ने बताइरहेका छन्।

सोहम शाहले निर्माण गरेको ‘तुम्बाड’ पिरियड हरर ड्रामा हो। फिल्मले धन र सुनको देवीको कथालाई पछ्याउँछ। राही अनिल बर्वे निर्देशित यो फिल्म बन्न २१ वर्ष लागेको थियो। कान्तारा भने एक एक्सन थ्रिलर फिल्म हो जसले कम्बाला र बुटा कोलाको परम्परागत संस्कृतिलाई मनाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell