PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

दीपिकाले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्ने



पहिलोपोस्ट

दीपिकाले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्ने
Photo : BizAsia

फुटबलको महाउत्सव ‘फिफा विश्वकप फुटबल २०२२’ हाल कतारमा भइरहेको छ। यसैबिच, भारतीय अभिनेत्री दीपिका पादुकोणले फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छिन्।

१८ डिसेम्बर (पुस ३) गते हुने फिफाको फाइनल समारोहमा दीपिकाले ट्रफी अनावरण गर्ने भारतीय मिडियाले दाबी गरेको छ। फिफाको इतिहासमा कुनै सेलिब्रेटीले ट्रफी अनावरण गर्न लागेको पहिलोपटक भएको भारतीय मिडियाले दाबी गरेका छन्।

विश्वकप समारोहको लागि उनी चाँडै कतारतर्फ प्रस्थान गर्नेछिन्। केही महिनाअघि दीपिका विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको निर्णायक बनेकी थिइन्। साथै उनी विश्वको सुन्दर महिलाको टप १० सुची भित्र परेकी थिइन्।

हालै विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell