PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

परिवारसहित नेपाल आउँदैछन् अभिनेता विवेक ओबराय



पहिलोपोस्ट

परिवारसहित नेपाल आउँदैछन् अभिनेता विवेक ओबराय

बलिउड अभिनेता विवेक ओबराय नेपाल आउने भएका छन्। उनी परिवारसहित आगामी मंसिर २८ गते काठमाडौं आउने तय भएको हो।  

विवेकले एक भिडियो सार्वजनिक गर्दैँ सपरिवार नै नेपाल आउन लागेको जानकारी दिएका छन्। नेपाल आउन निकै उत्साहित रहेको ओबरायले बताएका छन्।

‘भारतको नेपालसँगको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ। मलाई नेपालबाट निकै माया मिलेको छ। २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिदै नेपाल घुम्न आउन लागेको छु,’ उनले भनेका छन्।

नेपाल घुमिसकेपछि नेपालमो पर्यटनलाई विस्तार गर्न सघाउने पनि उनको भनाई छ। एक साताको बसाइमा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन्। साथै नेपालको सगरमाथा बेसक्याम्प, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका अन्य ठाउँको भ्रमण समेत योजना छ। 

ओबरायले ‘कृष ३’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पीएम नरेन्द्र मोदी’ थुप्रै फिल्ममा काम गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell