PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ



पहिलोपोस्ट

सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका- ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो।

कन्दङवाको साथबाट एक थान मोबाइल, १७ हजार रुपैयाँ र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell