PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

यौन शोषण मुद्दामा कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि अनुसन्धान सुरु



पहिलोपोस्ट

यौन शोषण मुद्दामा कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि अनुसन्धान सुरु

बुटवल : जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको मुद्दामा अनुसन्धान सुरु भएको छ।

पीडितले प्रहरीमा दिएको उजुरीमा न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर पाँच वर्षदेखि यौन शोषण गरेको आरोप लगाएकी छन्। उजुरी परेपछि न्यायाधीश गिरीमाथि छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पीडित महिलाले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी दिएपछि सोको आधारमा छानबिन सुरु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले जानकारी दिए। आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट १५ दिन बिदा लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell