PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

विष्णु पौडेलको क्षेत्रमा पुनः मतगणना माग गर्दै सर्वोच्चमा मुद्दा दायर



पहिलोपोस्ट

विष्णु पौडेलको क्षेत्रमा पुनः मतगणना माग गर्दै सर्वोच्चमा मुद्दा दायर

काठमाडौंः रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा दायर भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले मंगलबार मुद्दा दायर गरेका हुन्। उक्त क्षेत्रको पुनः मतगणनाको आदेश माग गर्दै मुद्दा दायर भएको हो। मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएको छ। 

रुपन्देही २ मा एमालेका विष्णु पौडेल निर्वाचित हुँदा गणेश पराजित भएका थिए। 

एमालेका पौडेलले २७ हजार १६५ मत पाएका थिए। स्वतन्त्र पार्टीका पौडेलले २५ हजार ७९५ मत पाएका थिए। १ हजार ३७० मतअन्तरले गणेश पराजित भएका थिए। 

पुनः मतगणना माग गरिएको मुद्दामा निर्वाचित उम्मेदवार तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell