PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

स्पेनलाई हराउँदै मोरोक्को क्वाटरफाइनलमा



पहिलोपोस्ट

स्पेनलाई हराउँदै मोरोक्को क्वाटरफाइनलमा
Photo: Showkat Shafi/Al Jazeera

फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै मोरोक्को क्वाटर फाइनल प्रवेश गरेको छ। एजुकेशन सिटी स्टेडियममा सम्पन्न खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ३-० को जित निकाल्दै मोरोक्कोले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

प्रतिस्पर्धात्मक खेलको ९० मिनेटको समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउट निर्णायक बन्न पुग्यो।

पेनाल्टीमा मोरोक्कोको अब्देल हमिद सबिरी, हाकिम जियाच र एचरफ हकिमीले गोल गर्दा बदर बेनाउन चुकेका थिए। स्पेनका भने तीनवटै प्रहार सफल हुन सकेनन्। जसमा पाब्लो सरबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट चुकेका थिए।

योसँगै मोरोक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा मोरोक्कोले भरे राति नै सम्पन्न हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीचको खेलको विजेता टोलीसँग खेल्नेछ। पोर्चुगल र स्वीटजरल्याण्डबीचको खेलसँगै क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागिसक्नेछ। यसअघि नै क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स्,इङ्ग्ल्याण्ड, फ्रान्स र मोरोक्कोले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell