PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा



पहिलोपोस्ट

स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा
Photo: Reuters

फिफा विश्वकप अन्तर्गत प्रि क्वाटरफाइनलको अन्तिम खेलमा पोर्चुगल र स्वीटजरल्याण्ड भिडदैछन्। लुसइल स्टेडियममा हुने खेलमा पोर्चुगलको टोलीको सुरुवाती ११ मा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समावेश छैनन्।

अघिल्लो खेलमा दक्षिण कोरियासँग खेल्दा कप्तान रोनाल्डोको ब्यवाहारलाई लिएर पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले आलोचना गरेका थिए। रोनाल्डोको स्थानमा पोर्चुगिच क्लब बेनफिकाका खेलाडी गोन्कालो रामोसले खेल्दैछन्।

समूह चरणको खेलमा घाना विरुद्ध गोल गरेका रोनाल्डोले पछिल्ला दुई खेलमा उत्कृष्ट भूमिका निभाउन सकेका थिएनन्। त्यस्तै दक्षिण कोरियाविरुद्धको खेलमा प्रशिक्षकले उनलाई सब्सिच्युड गराएका थिए। तर, यसमा यसमा आफू असन्तुस्ट रहेको हाउभाउ रोनाल्डोले दिएका थिए। त्यसको तीन दिनपछि प्रशिक्षक सान्टोसले रोनाल्डोको व्यवाहारलाई लिएर आलोचना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell