PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिम भिड्दैछन्?



पहिलोपोस्ट

विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिम भिड्दैछन्?
Showkat Shafi/Al Jazeera

कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। गएराति पोर्चुगलले स्वीट्जरल्याण्डमाथि ६-१ गोलको फराकिलो जित निकालेसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको हो।

क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिलले क्रोएसियासँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना खेल्नेछन्। त्यस्तै तेस्रो खेलमा मोरोक्को र पोर्चुगल भिड्दा चौथो खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स आमनेसामने हुनेछन्।

अन्तिम १६ मा ब्राजिल दक्षिण कोरियामाथि ४-१ गोलको जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको थियो भने क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा हराउन सफल भएको थियो। त्यस्तै नेदरल्याण्ड्सले युएसएलाई ३-१ गोलअन्तरले हराउँदा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराएको थियो। त्यस्तै इङ्ग्ल्याण्डले सेनेगललाई ३-०, फ्रान्सले पोल्याण्डलाई ३-१ तथा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले हराउँदा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell