PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो



पहिलोपोस्ट

गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागुहुने गरि खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ।

आयात प्रतिबन्ध खुला भएको सुचना राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा प्रकाशित भएपछि व्यवसायीले एलसी खोल्न सक्छन्।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका वस्तुहरुमा आयात प्रतिबन्ध निरन्तर दिएको थियो।

अब भने सरकारले पुसदेखि सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात गर्न पाउने जनाएको छ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले मूख्य सचिवले आफुहरुलाई आयात प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको बताए।

'हामीलाई मूख्य सचिवले गाडीहरुको आयात प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएका छन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell