PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

साउदी अरेबियाको यात्रामा सी जिनपिङ : २९.२६ बिलियन डलरको सम्झौता पत्र तयार



पहिलोपोस्ट

साउदी अरेबियाको यात्रामा सी जिनपिङ : २९.२६ बिलियन डलरको सम्झौता पत्र तयार
Photo : Wang Zhao/AFP/Getty Images

चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरेबियाको भ्रमणमा जाने भएका छन्। बुधवार उनी तीन दिने भ्रमणको क्रममा साउदी पुग्दैछन्। चीनको विदेश मन्त्रालयले सीको भ्रमणको पुष्टि गर्दै उनले पहिलो चीन अरब स्टेट्स समिटमा भाग लिने र रियादमा चीन र जीसीसी बैठकमा पनि सम्बोधन गर्ने जनाएको छ।

यसअघि सीले सन् २०१६ मा साउदीको भ्रमण गरेका थिए। साउदीका राजा सलमानको निमन्त्रणामा सीको भ्रमण हुन लागेको हो। यो भ्रमणले दुई देशबिच रहेको ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउने र त्यसक्रममा रणनीतिक योजना बारे छलफल हुने साउदीक प्रेस एजेन्सीले जनाएको छ।

चीन अरब स्टेट्स समिटको अध्यक्षता राजा सलमानले गर्ने र साउदीका युवराज मोहम्मद बिन सलमान पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

चीन साउदी अरेबियाको ठूलो व्यापारिक पार्टनर हो। त्यसैले रियादमा सीको भव्य स्वागत गर्न साउदीले तयारी गरिरहेको छ। युवराज मोहम्मदले सीको स्वागतका लागि विशेष तयारी गरेको बताइन्छ। उनले सन् २०१९ मा बेइजिङमा सीसँग उर्जा र क्षेत्रिय व्यापारका बारेमा सहमति गरेका थिए। यस्तै,  युवराज सलमानले बेल्ट एन्ड रोड इनिसिएटिभको पनि समर्थन गरेका थिए। द्विपक्षीय वातर्का क्रममा २९.२६ बिलियन डलर बराबरको सहमति पत्रमा पनि हस्ताक्षर हुनेछ।

साउदीसँग अमेरिका र पश्चिमी राष्ट्रको सम्बन्ध बिग्रिरहेको अवस्थामा सीको साउदी यात्रालाई महत्वका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell