काठमाडौं : कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झगडामा हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए। हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।
सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा सालो पर्ने दुवै जनालाई हँसिया प्रहार गरि फरार रहेको प्रवक्ता जोशीले बताए। उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ।
घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ।