PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘भकुन्डो ब्याटल फेस्ट’ सुरु : पहिलो राउन्डमा ब्राजिल भर्सेस अर्जेन्टिना



पहिलोपोस्ट

‘भकुन्डो ब्याटल फेस्ट’ सुरु : पहिलो राउन्डमा ब्राजिल भर्सेस अर्जेन्टिना

काठमाडौं : फिफा विश्वकप फुटबल जारी रहँदा नेपालमा ‘भकुन्डो ब्याटल फेस्ट’ सुरु भएको छ। आर एन एस क्रियसनले आयोजना गरेको फेस्टमा ३ राउन्ड ब्याटल गरिनेछ।

कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, म्यारेडोना, मेसी, रोनाल्डोका साथै विश्वकपमा सामेल भएका देशलाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन्। प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (म्यारेडोना), सेभेक (ब्राजिल) को समर्थनमा स्टेजमा देखिने छन्। र्‍यापर मानस घले प्रतियोगिताको जजको रूपमा रहेका छन्।

‘भकुन्डो ब्याटल फेस्ट’को पहिलो एपिसोड सार्वजनिक भइसकेको  छ। जसमा ब्राजिलको समर्थनमा सेभेक र अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका थिए।

दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो, दोस्रो र तेस्रो हुनेछन्। प्रतियोगीलाई भोट गर्नका लागि अनलाइन एप दामी म्युजिकमा ई-सेवा , आएमई-पेबाट भोट गर्न सक्नेछन्। विजेता हुने प्रतियोगीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

कार्यक्रमको रिजल्ट विश्वकप फाइनलको एक दिन अगाडि हुने छ। दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell