काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो।
जारी सिरिजमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको थियो भने नामिबियासँगको अघिल्लो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो। अर्कोतर्फ नामिबियाले अघिल्लो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो।
नेपाली सुरुवाती ११ मा करण केसी, हरि शंकर साह र नन्दन यादव बेन्चमा छन्।
कोको छन् सुरुवाती ११ मा?
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुलसन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी