PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए, त्रिविको दीक्षान्त समारोहमा आउन १० हजारले मात्र दिए आवेदन



पहिलोपोस्ट

७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए, त्रिविको दीक्षान्त समारोहमा आउन १० हजारले मात्र दिए आवेदन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह आगामी शुक्रबार (मंसिर २३) गते हुँदैछ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो।

दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३९२ जन विद्यार्थी दीक्षित हुँदैछन्। वि सं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म 'ट्रान्सक्रिप्ट' लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन्।

उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागी हुनका लागि १० हजार ३९२ जनाले मात्र आवेदन दिएको बताए।

अर्यालका अनुसार स्नातक तह तर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३ हजार ५४९, एमफिलमा ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन्। समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने पाउनेछन्।

समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहनेछ।

समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए। एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अङ्क ल्याउनेलाई पदक वितरण गरिनेछ।

त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मंसिर १५ देखि २२ गतेसम्म गाउन÷स्कार्फ वितरण गरिरहेको छ। समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन-स्कार्फ र टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, र त्रिविले उपलब्ध गराएको गाउन-स्कार्फ र टोपी लगाउनुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell