PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

जबरा सर्वोच्च फर्किने भएपछि रणनीति बनाउन बारको आकस्मिक बैठक बस्दै



पहिलोपोस्ट

जबरा सर्वोच्च फर्किने भएपछि रणनीति बनाउन बारको आकस्मिक बैठक बस्दै

काठमाडौं : नेपाल बार एशोसिएसनकोको आकस्मिक बैठक बस्न लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कन लागेपछि बारको बैठक बस्न लागेको हो।

बारले महाभियोग सामना गरिरहेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने रणनीति बनाउँदैछ।

संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ। त्यसै अनुसार बारले आफ्नो कार्यक्रम तय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell