PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि अदालत परिसरमा अधिवक्ताहरुको धर्ना



पहिलोपोस्ट

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किन लागेपछि अदालत परिसरमा अधिवक्ताहरुको धर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन्। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ।

जबरालाई रोक्न अहिले अधिवक्ताहरुले सर्वोच्च परिसरमा धर्ना दिएका छन्। नेपाल बार एशोसिएसनकोका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित बारका सदस्य र अधिवक्ताहरु धर्नामा सहभागी छन्।

यसबिच बारको आकस्मिक बैठक बस्न लागेको छ। प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्कन लागेपछि बारको बैठक बस्न लागेको हो।

बारले महाभियोग सामना गरिरहेका जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने रणनीति बनाउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell