PahiloPost

Jul 4, 2025 | २० असार २०८२

निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन



पहिलोपोस्ट

निर्देशनमा डेब्यु गर्दै शाहरुखका छोरा आर्यन

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। आर्यनले इन्स्टाग्रामार्फत आफू फिल्म क्षेत्रमा आउन लागेको जानकारी दिएका हुन्।

इन्स्टामा रेड चिलिज प्रोडक्सनको क्ल्यापबोर्डको फोटो सेयर गर्दै आर्यनले लेखेका छन् ‘लेखनको कार्य सकिएको छ। एक्सन भन्न निकै हतार भइरहेको छ।’

यसबाट आर्यन कुनै फिल्मी प्रोजेक्टलाई निर्देशन गर्न लागेको थाहा हुन्छ। तर, उनले फिल्ममा काम गर्ने वा वेब सिरिज बनाउने भन्ने खुलाएका छैनन्। साथै उनको प्रोजेक्टमा को को कलाकारहरु हुन्छन् भन्ने पनि खुलाइएको छैन।

यो खबरसँगै आर्यनका फ्यानहरु निकै उत्साहित भएका छन्। आर्यनलाई फ्यान र फिल्मकर्मीहरुले बधाई दिइरहेका छन्। उनका बुवा शाहरुखले पनि समेत बधाई दिएका छन्।

आर्यन खान बाहेक शाहरुखकी छोरी सुहाना खान पनि बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनी जोया अख्तरको सिरिज ‘द आर्चिज’ मा देखिनेछिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Aryan Khan (@___aryan___)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell