PahiloPost

Jun 6, 2023 | २३ जेठ २०८०

सर्वोच्चको गेटमा अधिवक्ताहरुको धर्ना, जबरा भन्छन् : विधि र प्रक्रियाअनुसार भएको विषय हो, आजै अदालत जान्छु



पहिलोपोस्ट

सर्वोच्चको गेटमा अधिवक्ताहरुको धर्ना, जबरा भन्छन् : विधि र प्रक्रियाअनुसार भएको विषय हो, आजै अदालत जान्छु

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै नियमित काममा फर्कने तयारी गरेका छन्। संसद सचिवालयबाट महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उनीले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्।

'यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु,' राणाले भने।

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको संसद सचिवालयको पत्रमा उल्लेख छ। संघीय संसद् सचिवालयले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र आजै सर्वोच्च अदालतमा पनि पठाएको छ।

यता, जबरा सर्वोच्च फर्किन लागेपछि नेपाल बार एशोसिएसन र सर्वोच्च बारले अदालत परिसरमा धर्ना दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell