PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

संसद महासचिवलाई सर्वोच्चको प्रश्नैप्रश्न, 'कुन कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भयो भनेर उल्लेख गर्नुभयो?'



पहिलोपोस्ट

संसद महासचिवलाई सर्वोच्चको प्रश्नैप्रश्न, 'कुन कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भयो भनेर उल्लेख गर्नुभयो?'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंसिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी संघीय संसद सचिवालयमा निवदेन दिएका थिए। यही मंसिर २७ गते अनिवार्य अवकास पाउन लागेका जबराले निवेदन दिएपछि मंसिर २१ गते (आजै) संघीय संसद सचिवालयले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी भएको निर्णय गर्‍यो। सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथि लागेको महाअभियोग निष्प्रभावी हुने भन्दै सर्वोच्च अदालतमा पत्र पठाए।

संघीय संसदको पत्र पाएपछि आजै सर्वोच्चको फूलकोर्ट बस्यो। विदा भए पनि आज सर्वोच्चको फूलकोर्ट बसेको थियो। आज बसेको बैठकले महासचिव गौतमले पठाएको पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएको छ।

'महाअभियोग प्रस्ताव तत्कालिन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो? अथावा महाअभियोग लागेका सम्मानिय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो?'फूलकोर्टले महासचिवलाई सोधेको छ, 'नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो?'

पढ्नुस फूलकोर्टले महासचिवलाई सोधेको स्पष्टीकरण :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell