
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको आज जारी खेलमा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।
घरेलु टोलीलाई औशत स्कोरसम्म लैजान मिचेल भान लिनगेनले शतकीय पारि खेले। उनले १११ बलमा १५ चौका र १ छक्काको सहायतामा ११९ रन बनाए। त्यस्तै कप्तान गरहार्ड इरसम्सले अर्धशतकीय पारि खेल्दै ५३ रन बनाउँदा जन निकोलले ४०, डिभन ल ककले १८ तथा लो-हान्द्रे लौरेन्सले १४ रन बनाए।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।