चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब पुगेका छन्। पहिलो चाइना-अरब स्टेट समिट र चाइना-गल्फ कोअपरेसन काउन्सिल समिटमा सहभागी हुन उनी साउदी अरब पुगेका हुन्।
उनले सोही क्रममा उनले साउदी अरबको राजकीय भ्रमण समेत गर्नेछन्। उनी साउदी पुग्ने क्रममा उनी सवार विमानलाई त्यहाको वायु सेनाको विमानले स्कर्टिङ गरेको थियो।
साउदी अरबका राजा सलमान विन अब्ल्लाहजिज अल साउदको निमन्त्रणमा उनी तीन दिने भ्रमणमा त्यहाँ पगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले जानकारी दिइन्।
उनको राजकीय भ्रमण डिसेम्वर ९ सम्म चल्ने छ। त्यस्तै समिटको नेतृत्व साउदी राजा सलमानले गर्ने छन्। सम्मेलनमा राजकुमार मोहम्मद विन सलमान सहभागी हुँदैछन्। यी सम्मेलनहरुमा अरब राष्ट्रका राष्ट्र प्रमुखसमेत सहभागी हुँदैछन्।