PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

समानुपातिक परिणामः संघमा ७ र प्रदेशमा १३ दललाई सिट, कुन प्रदेशमा कसका सांसद कति?



पहिलोपोस्ट

समानुपातिक परिणामः संघमा ७ र प्रदेशमा १३ दललाई सिट, कुन प्रदेशमा कसका सांसद कति?

काठमाडौंः निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट गरेको छ। प्रतिनिधि सभाको ११० र प्रदेश सभाका २२० सदस्यको सिट बाँडफाँट गरेको हो। प्रतिनिधि सभामा सात राजनीतिक दलले समानुपातिक सिट पाएका छन्। तोकिएको ३ प्रतिशत मतको सीमा पारका गरेका दलहरुले सिट पाएका हुन्। जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले ३४ सिट पाएको छ। 

यस्तै प्रदेश सभाको पनि सिट वाँडफाँट भएको छ। प्राप्त सिट अनुसारको नामावली पठाउन राजनीतिक दलहरुलाई आयोगले तीन दिनको समय दिएको छ। नामावली पठाएपछि आवश्यक परीक्षण गरेर निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्नेछ। 

प्रदेश सभामा १३ दलले सिट पाएका छन्। 

जसमा नेकपा एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, वाग्मतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कणास्लीमा ५, सुदूरपश्चिममा ७ सिट पाएको छ। 

यस्तै, नेपाली कांग्रेसले संघमा ३२ सिट पाएको छ। प्रदेश अन्तर्गत प्रदेश १ मा १२ मधेश प्रदेशमा ९, वाग्मतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ। 

माओवादी केन्द्रले संघमा १४ सिट पाउँदा प्रदेश १ मा ४, मधेशमा ४, वाग्मतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ४ र सुदूरपश्चिममा ३ सिट पाएको छ। माओवादीले प्रदेशमा जम्मा २९ सिट पाएको छ। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले संघमा ७ सिट पाउँदा प्रदेश १ मा ४, मधेशमा १, वाग्मतीमा ६, गण्डकी र लुम्बिनीमा २/२ तथा कर्णाली र सुदूरपश्चिममा १/१ सिट पाएको छ। नेपाल मजदुरक किसान पार्टीले प्रदेशमा २ सिट पाएको छ। संघमा भने नेमकिपाले तोकिएको मतको सीमा (थ्रेसहोल्ड) कटाउन सकेन। नेमकिपाले वाग्मती प्रदेशमा २ सिट पाएको छ। 

संघमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा ९ सिट पाएको छ। जसमा प्रदेश १ मा १, मधेशमा ३, वाग्मतीमा २ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सिट पाएको छ। 

जनता समाजवादी पार्टीले प्रदेश १ मा १, मधेशमा ७ र कर्णालीमा एक सिट पाएको छ। अन्य प्रदेशमा समानुपातिकमा जसपाले कुनै पनि सिट पाएको छैन। 

यस्तै, जनमत पार्टीले पनि मधेश र लुम्बिनी प्रदेशमा मात्र सिट पाएको छ। मधेशमा ७ र लुम्बिनीमा २ सिट जनमतले पाएको छ। संघमा ५ सिट जनमतले पाएको छ। 

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले मधेश र लुम्बिनीमा गरेर ३ सिट पाएको छ। मधेशमा २ र लुम्बिनीमा १ सिट लोसपाले पाएको छ। नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशबाट १ सिट पाएको छ। अन्य प्रदेशमा सिट पाएको छैन। 

नागरिक उन्मुक्ति पार्टीले समानुपातकिमा प्रदेशमा ५ सिट पाएको छ। संघमा थ्रेसहोल्ड कटाउन नसकेको नागरिक उन्मुक्तिले मधेश प्रदेशमा १, लुम्बिनीमा २ र सुदूरपश्चिममा २ सिट पाएको हो। राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा १ सिट पाएको छ। अन्य प्रदेशमा सिट संख्या शून्य छ। हाम्रो नेपाली पार्टीले वाग्मती प्रदेशमा १ सिट पाएको छ। 
यस्तो छ संघ र प्रदेशको सिट बाँडफाँट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell