PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

डिना बोलउर्ट बनिन् पेरुकी पहिलो महिला राष्ट्रपति, महाअभियोग लागेर हटेका कासटिल्लो पक्राउ



पहिलोपोस्ट

डिना बोलउर्ट बनिन् पेरुकी पहिलो महिला राष्ट्रपति, महाअभियोग लागेर हटेका कासटिल्लो पक्राउ
Photo : Sebastian Castaneda/Reuters

डिना बोलउर्ट पेरुकी पहिलो महिला राष्ट्रपति बनेकी छिन्। राष्ट्रपति पेड्रो कासटिल्लोलाई महाअभियोग लगाएर हटाएपछि पूर्व उप राष्ट्रपति बोलउर्ट राष्ट्रपति बनेकी हुन्।

पेरुको कंग्रेसमा भएको मतदानमा १३० जनामध्ये १०१ जनाले बोलउर्टको पक्षमा मतदान गरेका थिए। यससँगै उनी पेरुको ५ वर्षमा राष्ट्रपति बन्ने छैटौं व्यक्ति बनेकी छिन्।

कासटिल्लोले कंग्रेस विघटन गर्ने योजना सार्वजनिक गरेपछि सांसदहरुले उनीविरुद्ध महाअभियोग लगाइएको हो। महाअभियोग पारित भएर कासटिल्लो राष्ट्रपति पदबाट बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई संवैधानिक व्यवस्था उल्लंघन गरेको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरी अधिकारीहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell