PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता



पहिलोपोस्ट

कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता
फोटो : निधिको सचिवालय

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

निधि निवास बानेश्वरमा बिहीवार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजाबेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको निधिको सचिवालयले जनायो। कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिइन्।

निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell