PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनीमा एमाले पहिलो दल, कांग्रेस बलियो हुँदा माओवादी खस्कियो : कसको कति सिट ?



रमेश पराजुली

लुम्बिनीमा एमाले पहिलो दल, कांग्रेस बलियो हुँदा माओवादी खस्कियो : कसको कति सिट ?

बुटवल : लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको सहभागिता हुने भएको छ। प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’  कटाएर १–१ सिट पाएका छन्। यससँगै प्रदेशसभामा १० दलको उपस्थिति हुने भएको हो।

लुम्बिनीमा ३२ दलले चुनावमा भाग लिएकोमा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो। जसमा १० वटा दलले २८ हजार ३०६ मत (१.५ प्रतिशत) ‘थ्रेस होल्ड’ कटाएका छन्।

निर्वाचन आयोगका अनुसार प्राप्त मतका आधारमा एमालेले सबैभन्दा बढी ११ सिट पाएको छ। नेपाली कांग्रेसले १० सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २–२ सिट पाएका छन् भने, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १–१ सिटसहित लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गरेका छन्। लुम्बिनीमा समानुपातिकतर्फ ३५ जना निर्वाचित हुने हुँदा सोही अनुसार सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ ।

यसैगरि ८७ सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ५२ जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ एमालेले १८ सिट जितेको छ। कांग्रेसले १७, माओवादीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २–२ सिट जितेका छन्। साथै जनमत पार्टीले १ र र स्वतन्त्रले ३ सिट जितेका छन्। यता, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन्।

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा प्रत्यक्षतर्फ २७ सिट जितेको एमाले १८ सिटमा खुम्चिए पनि पहिलो दल बनेको हो। २०७४ सालमा प्रत्यक्षतर्फ ७ सिट मात्र जितेको कांग्रेस गठबन्धनको सहयोगमा १७ सिट जितेको छ। २०७४ मा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमा १४ सिट जितेको माओवादी यस पटक कांग्रेससँगको गठबन्धनबाट ५ सिटमा खुम्चिएको छ।

लुम्बिनी प्रदेशको कुल सदर मत १८ लाख ८७ हजार ७८ मध्ये नेकपा एमालेले सबैभन्दा धेरै ३० प्रतिशत ५ लाख ७० हजार ९२१ मत पाएको छ। त्यस्तै, नेपाली कांग्रेसले २६ प्रतिशत ४ लाख ९९ हजार ९८६, माओवादी केन्द्रले १० प्रतिशत १ लाख ९८ हजार ४५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले ६ प्रतिशत १ लाख २५ हजार ५२१, जनमत पार्टीले ४ प्रतिशत ८१ हजार ६०५, जनता समाजवादी पार्टीले ३ प्रतिशत ६० हजार ८८६, एकीकृत समाजवादीले ४२ हजार ६२१, लोसपाले ३७ हजार ६३१ र जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन्।

कुन दललाई कति सिट?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell